भारतीय प्रधानमन्त्री मोदी पाचौँ पटक नेपाल आउँदै


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी पुन नेपाल भ्रमणमा आउने भएका छन्।

प्रधानमन्त्री मोदी मंसीरको दोस्रो साता गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेका हुन्। यो भ्रमण प्रधानमन्त्री मोदीको पछिल्लो चार वर्षमा पाचौँ भ्रमण हुने छ ।

भारतीय न्युज एजेन्सी एएनआईअनुसार मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेको जनाएको   छ ।

१२/१३ मंसीरमा मोदीले नेपाल भ्रमण गर्ने तयारी गरेको दुतावास स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएको छ। मोदीको यो राजकीय भ्रमण हुने दुतावास स्रोतले जनाएको छ। २०७१ जेठमा भारतको १४ औँ प्रधानमन्त्री बनेपछि उनले पहिलो पटक नेपालको भ्रमण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com