कैलालिको गुलरामा परेवा मारेको भन्दै ७ बर्षिया बालकलाई मरणासन्न हुने गरि कुटपिट


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

मंगल बास्कोटे

कैलालीको लम्कीचुहा नगरपालिका वडा न . ६ गुलरामा परेवा मारेको आरोपमा ७ बर्षिया बालकलाई कुटपिट गरिएको छ । आज दिउँसो परेवा मारेको भन्दै स्थानिय अन्दाजी ५० वर्षिया वीर बहादुर चौधरिले सोही ठाउँ बस्ने शिव भण्डारी र भागी भण्डारिका ७ बर्षिया छोरा रमेश भण्डारिलाई कुटपिट गरेको स्थानियले बताएका छन ।

चौधरिले परेवा मारेको भन्दै हात खुट्टामा डोरिले बाधेर बालकलाई मानसिक यातना दिदै कुटपिट गरेका थिए।चौधरिको कुटाईबाट बालक बेहोस भए पछि स्थानीयले उपचारको लागि नजिकैको लक्ष्मी मेडिकलमा लगेर सामान्य उपचार गर्दा बालक होसमा नआएपछि गुलरामा रहेको मालिका मोडल पोलिक्लिनिक लगिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले बालक सामन्य अवस्थामा रहेको उपचारमा संलग्न डा. प्रकाश तिमिल्सेनाले बताउनु भएको छ । डा. तिमिल्सेनाका अनुसार बालकको हात र खुट्टामा रस्सिले बाधेको ठाउँमा निलडाम देखिएको तर अन्य कुनै ठाउँमा चोट नरहेको बताउनु भएको छ ।

उता कुटपिट गरेका चौधरिले भने आफुले बालकलाई बेहोस नै हुने गरि नपिटेको बताएका छन । परेवा मारेर बालक भागिरहेका बेला चेतावनी दिनको लागि सामान्य हपारेको र रस्लिले हात खुट्टा बाधे पछि बालक बेहोस भएको बताएका छन । बालकका बुवा र आमा रोजगारिको शिलशिलामा भारतमा बस्दै आएका छन । अहिले बालक कुटपिट गर्ने चौधरि प्रहरिको नियन्त्रणमा रहेका छन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com