प्रेममा धोका खाएपछि मुटुमै गोली हाने, अस्पतालमा डाक्टरले हेर्दा मुटु नै नभेटिएपछि..


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

प्रेममा असफल भएको युवकले आत्महत्या गर्ने उद्देश्यले मुटुमै लाग्नेगरी गोली हानेको घटनामा डाक्टरसमेत चकित परेका छन् । ती युवकले प्रेमिकाले धोका दिएपछि मुटुमै गोली हानेका थिए । उनलाई तत्काल अस्पताल लगियो । अस्पताल पुग्दासम्म उनलाई जीवितै देखेपछि डाक्टरहरु नै चकित परे किनकि मुटुमा गोली लागेपछि मानिस त्यति लामो समय बाँच्नै सक्दैन ।

जब डाक्टरहरुले उनको उपचारको क्रममा अपरेशन गरे त्यसपछि बल्ल थाहा भयो ती युवकलाई त प्रेमिकाले मात्र होइन मुटुले पनि धोका दिएको रहेछ । सामान्य मानिसको मुटु छातीको बायाँतर्फ हुन्छ । एकदमै दुर्लभ रुपमा लाखौंमा एक–दुई जनाको मुटु मात्र दायाँतर्फ हुन्छ । संयोगले ती युवकको मुटु दायाँतर्फ थियो तर उनले अरुकोझैं सामान्य रुपमा बायाँतर्फ मुटु हुने ठानेर बायाँतर्फ गोली हानेका थिए । जसका कारण गोलीले उनको ज्यान लिन सकेन ।

भारत उत्तरप्रदेश कानपुरका किसान बीरबलका कान्छा छोरा सतीशको डेढ वर्षदेखि एक युवतीसँग प्रेम थियो । तर केही दिनदेखि ती युवतीले भेट्न बन्द गरेकी थिइन् । त्यसपछि सतीश उदास रहन लागेका थिए । युवकले १८ सेप्टेम्बरका दिन देसी कट्टाले आफैंलाई गोली हानेका थिए । एसआइएस अस्पतालका डा. दिनेश कुमारका अनुसार यदि मुटु सही ठाउँमा भएको भए युवक बच्नु असम्भव थियो । १० लाख जनामध्ये १ जनामा हुने दुर्लभ संयोग ती युवकमा भएकोले उनी बाँचेका छन् । उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com