ब्रेक फेल भई सडकमा पल्टियो बस
प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार
डडेल्धुराको सदरमुकामबाट स्याउलेतर्फ जाँदै गरेको बस आइतबार बिहान दुर्घटना भएको छ।
प्रहरीका अनुसार उग्रतारा यातायातको ना ४ ख ५३८४ नम्बरको बस सडकमा पल्टिएको हो। बिहान ९ः४५ बजेतिर बस ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
बसमा यात्रु भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।