मैलुङ–स्याफ्रुबेसी सहरको डिपिआर संशाेधन तयारी
प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार
चीनसंगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सहरको विस्तृत परियोजान प्रतिवेदन (डिपिआर) संशाेधन हुने भएको छ । गत असारमा डिपिआर तयार गरिएको थियो ।
वर्षका कारण सडकमा थप क्षति भएकाले डिपिआर संसोधन गर्न लागिएका हो । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले २ वर्ष भित्र नवनिर्मित यो सडकको स्तर उन्नती कार्य गर्ने छ ।
नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो गएको र क्षति पुर्याएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताउनुभयो ।