नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिटको) अन्र्तगत नेपाली प्रशिक्षार्थी कामदार लैजाँदै आएकोमा जापालले प्राविधिक प्रशिक्षण तालिम(टिआइटिपी) लागु गरेको छ ।
टिआइटिपीअनुसार दुई मुलुकबिच सहयोग सम्झदारी(एमओसी) हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । नेपाली प्रशिक्षार्थी कामदार लैजान जापानले २८ नोभेम्बर २०१६ मा छुट्टै प्राविधिक प्रशिक्षण तालिम ऐन तयार पारेको थियो ।
जापानले २०१७ देखि नयाँ नियम लागु गरेको छ । यसअघि जिट्को अन्तर्गत नेपाललगाएत विभिन्न १५ वटा मुलुकमा प्रशिक्षार्थी कामदार लैजाँदै आएको जापानले टिआइटिपीअन्तर्गत पनि सोही मुलुकबाट प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।