विप्लव माओवादीको बन्दको आंशिक प्रभाव
प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार
नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान परेको उपत्यका बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण सार्वजनिक सवारी सञ्चालन नहुँदा विहानैबाट राजधानीको जनजीवन केही प्रभावित भएको छ ।
आज विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि तोडफोड गरेको बताइएको छ । आजको बन्दमा बल प्रयोग नहुने तर समर्थन हुने बताइएको छ ।
आफ्नो नेता कार्यकर्तामाथि सरकारले झुटा मुद्दा लगाउने, अदालतले रिहाईको आदेश गर्दा पनि परिसरबाटै पुनः गिरफ्तार गर्ने गरेको भन्दै नेकपाल उपत्यका विशेष ब्यूरोले बन्दको आह्वान गरेको थियो ।
नेकपाका उपत्यका ब्यूरो इन्चार्ज प्रज्वले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको भन्दै विरोधमा आज एक दिन उपत्यका बन्दको घोषणा गरेका थिए ।
इन्चार्ज प्रज्जवले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको घोषणा गरिएको बताएका छन् ।