भेनेजुयलामा संकट: महामहङ्गीका कारण इतिहासमै सबैभन्दा धेरै नागरिक विस्थापित


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

TOPSHOT – Venezuelans heading to Peru walk along the Panamerican highway in Tulcan, Ecuador, after crossing from Colombia, on August 21, 2018. – Ecuador announced on August 16 that Venezuelans entering the country would need to show passports from August 18 onwards, a document many are not carrying. And Peru followed suit on August 17, announcing an identical measure due to begin on August 25. (Photo by Luis ROBAYO / AFP) (Photo credit should read LUIS ROBAYO/AFP/Getty Images)

निकोलस मदुरो भेनेजुयलाको राष्ट्रपति भएदेखि त्यो देशका नागरिकहरुको अवस्था खराबबाट अत्यन्त खराब स्थितिमा पुगेको छ ।  अगस्ट १९ मा लगभग १००० भेनेजुयाली आप्रवासीहरुलाई ब्राजिलको सीमावर्ती सहर पकारेइमाबाट स्थानीयले लठ्ठी र ढुंगाले लगार्दै लखेटे ।

घटनाअघि यस सीमावर्ती सहरमा आफ्नो देश प्रवेश गरिरहेका भेनेजुयालीहरुको सुरक्षित प्रवेश सुनिश्चित गर्नको लागि लगभग ६० ब्राजिलियन सेना आउँदै थिए ।  भेनेजुयालीहरुको अपमान ब्राजिलमा मात्र होइन अन्य छिमेकी देशहरुमा पनि उस्तै छ ।

अगस्ट १८ मा इक्वेडरले अप्रत्याशित रुपमा कोलम्बियाबाट आफ्नो देश प्रवेश गरिरहेका भेनेन्जुयालीहरुको लागि अब परिचयपत्रले नहुने, पासपोर्ट चाहिने अनिवार्य नियम लागू गर्यो । अगस्ट २५ मा पेरुले उस्तै निर्णय गर्यो ।

मदुरोको शासनमा देश छाडेर जाने भेनेजुयालीहरुको सङ्ख्या आकाशिएको छ । उनको शासन अन्तर्गत उठाइएका अत्यन्त गलत आर्थिक नीतिहरुले गर्दा मुद्रा स्फिर्ति ८०,०००% सम्म पुग्यो । यस्तो विकराल मुद्रास्फिर्तिले गर्दा देशको मुद्रा लगभग मूल्यहिन भएको मात्र होइन खाना र औषधिजस्ता अत्यावश्यक सामाग्रीहरुको अभाव श्रृजना भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१७ को अन्त्यमा १८ देखि २९ वर्ष उमेरका भेनेन्जुयालीहरुमा गरिएको एक सर्वेक्षणमा ५०% भन्दा बढीले देश छोड्न चाहेको बताएका छन् । देश छोड्न चाहेकामध्ये दुई तिहाईले आफूले देश छोड्न लाग्नुको कारण पछाडि राज्य रहेको बताएका छन् ।

भेनेजुयालीहरुको हालको देश बहिरगमन ल्याटिन अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विस्थापनमध्ये एक हो ।  संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय बसाईंसराई सम्बन्धि संगठनले सन् २०१७ को अन्त्यसम्म लगभग १६ लाख भेनेजुयालीहरु देश बाहिर बसिरहेको अनुमान गरेको छ । आज यो सङ्ख्या निक्कै धेरै भएको अनुमान गरिन्छ । सन् २०१८ जुनसम्म छिमेकी कोलम्बियामा मात्रै १० लाख भेनेजुयालीहरु बसोबास गर्छन् ।

यो देशको नागरिकबाट संयुक्त राष्ट्रसंघको शहणार्थी एजेन्सी युएनएचसीआरमा सन् २०१८ को पहिलो सात महिनामा १,३५,००० आवास आवेदन परेको छ । यो संङ्ख्या सन् २०१७ वर्षभरि परेको आवेदनभन्दा बढी हो ।

३ करोड जनसङ्ख्या रहेको भेनेजुयलामा विस्थापित हुने नागरिकको संख्या हाल ४० लाख पुगेको छ । भेनेजुयलाको समस्या समाधान हुनेभन्दा झन् चर्किने बाटोमा गइरहेकाले एक दिन यसले सिरियाको गृहयुद्धको क्रममा विस्थापित भएको ६० लाख मानिसहरुलाई उछिन्न सक्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com