कतारले दियो विदेशीलाई स्थायी बसोबासको अनुमति, नेपालीले पनि अब कतारमै बस्न पाउने
प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार
नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्यमुलूक कतारले केही विदेशीलाई स्थायी बसोबासको अनुमति दिएको छ । केही दिनअघि मात्र कतार सरकारले आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिएको हो । यसअघि कतारी संसद्मा सो विषयको मस्यौदा स्वीकृत भइसकेको थियो । पालका लागि कतार राजदूतावासले सो जानकारी गराएको हो । कतारको यस्तो नयाँ नियमअनुसार अब कतारबाहिरका नागरिकसँग विवाह गरेकी कतारी महिलाका छोराछोरीलाई स्थायी बसोबासको अनुमति दिएको छ । यसैगरी, कतारमा बसेर राम्रो काम गर्ने विदेशीलाई पनि यो अनुमति दिएको हो ।
सो दूतावासका अनुसार कुनै विदेशीका लागि स्थायी बसोबासको अनुमति दिने कतारको यो कदम खाडी मुलुकमै पहिलो हो । कतारको यस नयाँ कानुनअनुसार स्थायी बसोबासको अनुमति पाउने विदेशीले निःशुल्क शिक्षा, स्वास्थ्य सुविधाका साथै सम्पत्ति जोड्ने अधिकारसमेत पाउन सक्नेछन् । उनीहरूलाई त्यहाँ व्यापार गर्न कुनै स्थायी नागरिकता जरुरी पर्दैन । गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी सोही माध्यमबाट कामदारको छनोट र आपूर्तिको व्यवस्था गर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेललाई प्रस्ताव गरेका थिए । श्रम मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री विष्टले यस्तो प्रस्ताव गरेका हुन् ।
छिमेकी देशहरूले कूटनैतिक सम्बन्ध तोडेपछि कतारले आप्रवासी नागरिका लागि स्थायी बसोबासको यस्तो नयाँ कानुन ल्याएको हो । कूटनैतिक सम्बन्ध तोडिँदा संकट बढ्दै जान थालेपछि कतारको मन्त्रीपरिषद्ले यो नयाँ कानुन ल्याएको नेपालस्थित कतारी दूतावासले जनाएको छ । दुतावासका अनुसार अब आप्रवासीले कतारमा स्थायी रूपमा बसोबास गर्न पाउनेछन् । आप्रवासीलाई कतारमा बस्न प्रोत्साहन गर्नका लागि नयाँ बसोबासको नीति ल्याइएको हो । तर, सबै आप्रवासीले स्थायी बसोबासका लागि अनुमति पाउने छैनन् । दक्ष आप्रवासीले कतारको आन्तरिक मन्त्रालयमा बसोबासका लागि निवेदन दिनुपर्नेछ ।
कतारको यस नया“ कानुनअनुसार स्थायी बसोबासको अनुमति पाउने विदेशीले निःशुल्क शिक्षा, स्वास्थ्य सुविधाका साथै सम्पत्ति जोड्ने अधिकारसमेत पाउन सक्नेछन् । उनीहरूलाई त्यहा“ व्यापार गर्न कुनै स्थायी नागरिकता जरुरी पर्दैन, नयाँ बसोबासको नियमले कतारका स्थानीयपछि आप्रवासीलाई प्रथामिकता दिएको छ । यो नियमले आप्रवासीलाई पनि कतारको निजामती सेवा, सैन्य र सम्पत्तिको स्वामित्व लिन पाउने व्यवस्था गरेको छ । यसैगरी, स्थानीयले जस्तै आप्रवासीले पनि शिक्षा र स्वास्थ्यमा पहुँच पाउने व्यवस्था गरिएको छ ।
यसैगरी, अहिले कतारमा कार्यरत विदेशीले कतारमा व्यापार गर्नका लागि स्थानीयसँग सहकार्य नगरी व्यापार गर्न पनि यो व्यवस्थाले छुट दिएको छ । सामान्यतया कतार, साउदीलगायतका खाडीका देशमा आप्रवासीले त्यहाँ बसेर व्यापार गर्न र त्यहाँ स्थायी रूपमा बस्नका लागि स्थानीयसँग मिलेर लगानी गर्नुपर्ने अनिवार्य नियम छ ।