अस्पतालको चरम लापरवाही : मृत घोषणा गरेको ८ घण्टापछि महिला जिउँदै, फेरी सुरु भयो उपचार


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

एक अस्पतालको ट्रमा सेन्टरमा उपचार गराई रहेकी एक गम्भीर बिरामी महिलालाई मंगलबार साँझ ५ बजे डाक्टरले मृत घोषणा गरे। रातभरी गाउँलेहरु, आफन्तले कुरेर बसे र बिहान ८ बजे मलामीहरु आएर शव घाटमा लैजाने तयारी गर्नथाले । जुन समय डाक्टरले महिला जिवितै रहेको बताए। डाक्टरले भने उनको मात्रै ब्रेन मरेको हो तर उनी जिउँदै छन्। यो कुरा सुनेर उनको परिवार चकित परे।

महिलाको उपचार जारी नै थियो । दिउँसो ४ बजे फेरी डाक्टरले महिलाको मृत्यु घोषणा गर्यो। यो घोषणामा पनि परिवार र प्रहरीहरु आश्चर्यमा परे फेरी यस अगाडि जस्तै पो हुने हो की भनेर । तर यति बेला डाक्टरले महिलालाई फाईनल डेथ भएको घोषणा गरे। यो घटना लगत्तै देशभर तरङ् मच्चिएको छ। अहिले ती महिलाको शव प्रहरीले पोष्ट मार्टमका लागि अस्पताल पठाएको छ।

१५ घण्टा महिलालाई कपडा ओडाएर राखियो उपचार भएन

भारतको अंबेडकर अस्पतालका डाक्टरले मंगलबार साँझ ५ बजे महिलालाई मृत घोषणा गर्यो। बुधबार बिहान ८ बजे फेरी महिला जिवितै भएको घोषणा भयो। यसपछि मात्रै ति महिलाको फेरी उपचार सुरु गरियो । तर यो १५ घण्टासम्म शव भनेरै अस्पतालमा सेतो कपडा ओढाएर राखियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिउँसोको समय हुन्थ्यो भने ति महिलाको सतगत भईसक्ने थियो तर रातको समय हुँदा सतीगति भएन। बिहान उनी जिउँदै भएको घोषणा गरियो। महिलाको २ दिनदेखि ब्रेन डेथ भएको थियो । सिकारु डाक्टरको लापरवाहीका कारण यस्तो घटना भएको जानकारहरु बताउँछन्। दोषी डाक्टर उपर कार्वाही चलाईएको प्रहरीले जनाएके छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com