अस्पतालको चरम लापरवाही : मृत घोषणा गरेको ८ घण्टापछि महिला जिउँदै, फेरी सुरु भयो उपचार


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

एक अस्पतालको ट्रमा सेन्टरमा उपचार गराई रहेकी एक गम्भीर बिरामी महिलालाई मंगलबार साँझ ५ बजे डाक्टरले मृत घोषणा गरे। रातभरी गाउँलेहरु, आफन्तले कुरेर बसे र बिहान ८ बजे मलामीहरु आएर शव घाटमा लैजाने तयारी गर्नथाले । जुन समय डाक्टरले महिला जिवितै रहेको बताए। डाक्टरले भने उनको मात्रै ब्रेन मरेको हो तर उनी जिउँदै छन्। यो कुरा सुनेर उनको परिवार चकित परे।

महिलाको उपचार जारी नै थियो । दिउँसो ४ बजे फेरी डाक्टरले महिलाको मृत्यु घोषणा गर्यो। यो घोषणामा पनि परिवार र प्रहरीहरु आश्चर्यमा परे फेरी यस अगाडि जस्तै पो हुने हो की भनेर । तर यति बेला डाक्टरले महिलालाई फाईनल डेथ भएको घोषणा गरे। यो घटना लगत्तै देशभर तरङ् मच्चिएको छ। अहिले ती महिलाको शव प्रहरीले पोष्ट मार्टमका लागि अस्पताल पठाएको छ।

१५ घण्टा महिलालाई कपडा ओडाएर राखियो उपचार भएन

भारतको अंबेडकर अस्पतालका डाक्टरले मंगलबार साँझ ५ बजे महिलालाई मृत घोषणा गर्यो। बुधबार बिहान ८ बजे फेरी महिला जिवितै भएको घोषणा भयो। यसपछि मात्रै ति महिलाको फेरी उपचार सुरु गरियो । तर यो १५ घण्टासम्म शव भनेरै अस्पतालमा सेतो कपडा ओढाएर राखियो।

दिउँसोको समय हुन्थ्यो भने ति महिलाको सतगत भईसक्ने थियो तर रातको समय हुँदा सतीगति भएन। बिहान उनी जिउँदै भएको घोषणा गरियो। महिलाको २ दिनदेखि ब्रेन डेथ भएको थियो । सिकारु डाक्टरको लापरवाहीका कारण यस्तो घटना भएको जानकारहरु बताउँछन्। दोषी डाक्टर उपर कार्वाही चलाईएको प्रहरीले जनाएके छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com