Follow @khasokhasmag

मानसिक रोगीलाई निर्घात कुट्ने प्रहरीमाथि कारवाही हुने


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

काठमाडौमा केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको छ ।

काठमाडौको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

घटनापछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएको उक्त भिडियो प्रहरी कार्यालयले संज्ञानमा लिएर संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारवाही सुरु गरिसकिएको जनाएको छ ।

गत सोमबार एक फेन्सी पसल अगाडि बसेका उनलाई स्थानीयले हटाउन खोज्दा पसले र मानसिक रोगीबीच विवाद भएको थियो । स्थानीयले उनलाई हटाउन खोज्दै गर्दा आइपुगेका एक प्रहरीले उल्टै ती व्यक्तिलाई लाठी र बुटले निर्घात कुटपीट गरेका थिए ।

उक्त भिडियो लेखक दिलनिशानी मगरले खिचेका थिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com