अपाङ्गता भएकै कारण ओछ्यान बाहेक अरू कुनै संसार देखेकी छैनन् अस्मिताले
प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार
गोरखा पालुङटार नगरपालिका- २ की अस्मिता नेपाली जन्मजात अपाङ्ग हुन् । शारीरिक अपाङ्गता भएको कारण १२ वर्षीया अस्मिताले ओछ्यान बाहेक अरू कुनै संसार देखेकी पनि छैनन् ।
उनको दिशा-पिसाब देखि सबै ओछ्यानमा नै हुने गर्दछ । पाँच सन्तानको परिवार आमा मधेसी मुलुकी राम्रोसँग नेपाली बुझ्न पनि नसक्ने अवस्था छ ।
यति मात्र होइन, हजुरबुवा मूत्र थैलीको बिरामी हुन् भने बुवा कुस्ट रोगको बिरामी यो परिवारले कसरी गर्ला अपाङ्ग बालिकाको हेरचाह, कसरी चलेको होला परिवार १ पाँच जना सन्तान पनि कोही लुला-लँगडा त कोही बहिरा पनि छन् । सबै सन्तान एक न एक रोगले ग्रस्त छन् ।
यो परिवारको आए श्रोतको रूपमा हजुरबुवाको वृद्ध भत्ता बाहेक अरू केही छैन । अभाव नै अभावले जेलिएको यो दर्दनाक कहालीलाग्दो जीवन कथा देख्दा र सुन्दा कसको मन नदुख्ला । जहाँ दुखको अपार भण्डार छ । यो परिवारको दर्दनाक अवस्था देखेर सामाजिक अभियान्ता वर्षा ढकाल र दिनेश नेपाली उद्धार गर्न लागि परेका छन् ।
सामाजिक सञ्जालमा अहिले अस्मिता फोटो राखेर केही आर्थिक जोहो गर्न सुरु गरेको अभियन्ता नेपालीले बताए । उनले भने ‘अहिले पैसा उठ्ने क्रम चलि रहेको छ उपचार सम्भव भए सम्म आफूहरू यो परिवारको उपचार गरी छोड्ने सङ्कल्प गरेका छौ ।’
सहयोगी मनहरुले गण्डकी विकास बैंकको खाता न. 03401400236094000001 आफ्नो इच्छा अनुसार पैसा जम्मा गर्न सक्नेछन् ।अस्मितालाई सहयोग गर्न र उनको बारेमा थप जानकारी लिन चाहानेहरुले ९८१५१५८३०४ र ९८४०१५२७१२ मा सम्पर्क गर्न सक्नुहुने छ ।