अपाङ्गता भएकै कारण ओछ्यान बाहेक अरू कुनै संसार देखेकी छैनन् अस्मिताले


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

गोरखा पालुङटार नगरपालिका- २ की अस्मिता नेपाली जन्मजात अपाङ्ग हुन् । शारीरिक अपाङ्गता भएको कारण १२ वर्षीया अस्मिताले ओछ्यान बाहेक अरू कुनै संसार देखेकी पनि छैनन् ।

उनको दिशा-पिसाब देखि सबै ओछ्यानमा नै हुने गर्दछ । पाँच सन्तानको परिवार आमा मधेसी मुलुकी राम्रोसँग नेपाली बुझ्न पनि नसक्ने अवस्था छ ।

यति मात्र होइन, हजुरबुवा मूत्र थैलीको बिरामी हुन् भने बुवा कुस्ट रोगको बिरामी यो परिवारले कसरी गर्ला अपाङ्ग बालिकाको हेरचाह, कसरी चलेको होला परिवार १ पाँच जना सन्तान पनि कोही लुला-लँगडा त कोही बहिरा पनि छन् । सबै सन्तान एक न एक रोगले ग्रस्त छन् ।

यो परिवारको आए श्रोतको रूपमा हजुरबुवाको वृद्ध भत्ता बाहेक अरू केही छैन । अभाव नै अभावले जेलिएको यो दर्दनाक कहालीलाग्दो जीवन कथा देख्दा र सुन्दा कसको मन नदुख्ला । जहाँ दुखको अपार भण्डार छ । यो परिवारको दर्दनाक अवस्था देखेर सामाजिक अभियान्ता वर्षा ढकाल र दिनेश नेपाली उद्धार गर्न लागि परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक सञ्जालमा अहिले अस्मिता फोटो राखेर केही आर्थिक जोहो गर्न सुरु गरेको अभियन्ता नेपालीले बताए । उनले भने ‘अहिले पैसा उठ्ने क्रम चलि रहेको छ उपचार सम्भव भए सम्म आफूहरू यो परिवारको उपचार गरी छोड्ने सङ्कल्प गरेका छौ ।’

सहयोगी मनहरुले गण्डकी विकास बैंकको खाता न. 03401400236094000001 आफ्नो इच्छा अनुसार पैसा जम्मा गर्न सक्नेछन् ।अस्मितालाई सहयोग गर्न र उनको बारेमा थप जानकारी लिन चाहानेहरुले ९८१५१५८३०४ र ९८४०१५२७१२ मा सम्पर्क गर्न सक्नुहुने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com