धनकुटाका २३ बर्षिय कोखमानले गरे दुनियाँ चकित हुने यस्ता आविस्कार
प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार
शहिदभुमी गाउँपालिका ४ खोकुका एक ब्यतिले आधुनिक सुचना यन्त्र आविस्कार गरेका छन । २३ बर्षिय कोखमान राईले आफ्नै घरमा काठको टुक्रा , रबरको पाङग्रा, डिसि मोटर, टिनको पाता प्रयोग गरेर आधुनिक सुचना यन्त्र आबिस्कार गरेका हुन । उत्त यन्त्र सिसि क्यामेराको सटा प्रयोग गर्न र सुरक्षा सतर्कता अपनाउन बढि प्रभावकारी हुने राईले बताए ।
यो यन्त्र राखिएको क्षेत्रमा असमान्य गतिबिधि भएमा दृश्य रेकर्ड गर्नुका साथै सम्बन्धित ब्यत्तिलाई फोन गरेर त्यहाको अवस्था सुनाउछ । यो यन्त्रको नाम अटोमेटिक फोन रिडायल सिस्तम (एपिआरएस) राखिएको आबिस्कार राईले बताए । यो यन्त्र निर्माण गरे पछि परिवार दङ्ग परेका छन । राईले रिमोट गाडि, डोजर आफ्नै पहलमा निर्माण गरिसकेका छन ।
यो यन्त्र सिसि क्यामेरा भन्दा पनि बढि प्रभावकारी हुने राईले दाबि गरे । आफ्नो आर्थिक अवस्था कमजोर भएकोले फरक किसिमका यन्त्र आबिस्कार गर्न समस्या भएको बताए । सम्बन्धित निकायले सहयोग गरे अझ बढि फरक प्रकारका यन्त्रहरु निर्माण गर्न सक्ने आफुमा खुबि भएको उनको दावी छ । यस यन्त्र लाई चाडै नै बजार उपलब्ध गराउने राईले बताए । उनलाई सबैको सहयोग पुगोस् । नेपालले चमत्कारीक आविस्कार गर्न सकोस् । सम्मान र प्रोत्साहन स्वरुप सेयर गरौँ ।