हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’को आज जन्मदिन
प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/09/5983AAD5-CD8F-4D50-A1BA-C0223279B540-780x405.jpeg?fit=780%2C405&ssl=1)
पछिल्लो समय सर्वाधिक लोकप्रिय बन्न सफल हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को आज जन्मदिन परेको छ ।
वि. सं २०४० मा बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानका रूपमा सोलुखुम्बुमा जन्मेका सीताराम अर्थात् धुर्मुसले आज बिहिबार ३५औं जन्मदिन मनाउँदै छन् । मेरी बास्सैमा सीतारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रियता कमायो ।
मेरी बास्सै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरेका थिए । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सीताराम कट्टेल सहभागी छन् । ६ एकान ६, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए ।
वैशाख १२ को गोरखा भूकम्पपश्चात धुर्मुस सुन्तलीको जोडी सामाजिक काममा पनि सक्रिय छन् । भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रेको डाँडागाउँमा एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती, महोत्तरीको बर्दिबासमा मुसहर बस्ती, रौतहटको सन्तपुरमा एकीकृत दलित बस्ती बनाइसकेका छन् । अहिले धुर्मुस सुन्तली क्रिकेट रंगशाला बनाउन जुटेका छन् ।