चाउचाउ किन्न गएका ९ बर्षीय बालकको हत्या..
प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार
बझाङ जिल्लाको छबिस पाथीभेरा ७ मजखोरीका ९ वर्षीय कुशल बोहराको हत्या भएको छ । बालकको शव मकै बारीमा फेला परेको प्रहरीले जनाएको छ । मृतक बालक कुशल बोहरा विद्यालयबाट फर्केपछि तिजको कार्यक्रम हेर्न गएका थिए ।
साँझ सम्म घर नफर्केपछि स्थानियले राती अबेर सम्म खोजी गरेका थिए । भोलिपल्ट ढुंगाले छोपिएको र टाउको, गाला तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो । कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत थिए ।
उनको साथमा रहेको मोवाइल स्थानीय ध्वज बोहराका १४ वर्षीय छोरा तिलक बोहराले खोसेको र सोही विषयमा बालकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । तिलकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
डिएसपी प्रविन धितालका अनुसार उनको हत्याको बारेमा अनुसन्धान भैरहेको छ । उहाले भन्नुभयो, बालकलाई चाउचाउ किन्न पठाएको र बालकसंग भएको मोबाईल तिलकले दिन नमाने पछी बिबाद बढेका कारण बालकको हत्या भएको हा । केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भैरहेको छ । ‘चाडै अपराधी पत्ता लाग्छ,’ उनले भने ‘प्रहरी निरीक्षकको कमाण्डमा सघन अनुसन्धान भैरहेको छ ।






