फोनमा स्पेलिङ बुझाउने फोनेटिक अल्फावेट


प्रकाशित मिति : मंसिर १७, २०७३ शुक्रबार

फोनमा कुरा गर्दा कहिलेकाँही तपाईलाई आफ्नो नाम, इमेल वा अरु कुनै कुराको स्पेलिङ बुझाउन कठिन हुने गरेको छ ? छ भने अब तपाईले फोनेटिक अल्फावेटको प्रयोग गरेर त्यो कठिनायी हटाउन सक्नुहुनेछ । सैन्य अपरेशन, हल्लाखल्लाको वातावरण, एयर कन्ट्रोल लगायतमा प्रयोग हुँदै आएको फोनेटिक अल्फावेट हाल फोनमा कुरा गर्दा पनि चलनचल्तीमा छ ।

फोनमार्फत नाम वा इमेल राम्रोसँग बुझाउन नसक्दा कहिलेकाँही तपाईको नाम नै गलत अभिलेख हुने वा गलत इमेलमा फोनकर्ताले सुचना पठाउने समस्या भोग्नुपर्ने हुन्छ । खासगरी अंग्रेजी दोश्रो भाषा हुनेहरुका लागि यो समस्या टड्कारो छ ।

यदि तपाईको नाम कुमार छ भने तपाईले फोनमा आफ्नो नामको स्पेलिङ कसरी बुझाउने गर्नुभएको छ ? के एज काइट भन्ने कि के एज केरोसिन भन्ने भनेर कन्फ्युज हुनुभएको छ ? यदि तपाईले फोनेटिक अल्फावेट प्रयोग गर्नुभयो भने त्यो समस्या हट्नेछ । अब तपाईले के एज किलो प्रयोग गर्न सक्नुहुनेछ ।

सन् १९५९ अगाडि के एज किलोग्रामका रुपमा प्रयोग गरिदै आएको थियो भने सन् १९३८ भन्दा अगाडि के एज किङका रुपमा प्रयोग गरिदै आएको थियो । सन् १९३२ भन्दा अगाडि के एज किम्बर्लेका रुपमा प्रयोग गरिदै आएको थियो ।

13501683_632616236894868_390224624018209725_n

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com