न्युयोर्कमा विद्यार्थी भर्नाका लागि समयमै आवेदन दिन नेपाली अभिभावकलाई आग्रह


प्रकाशित मिति : मंसिर १६, २०७३ बिहीबार

न्युयोर्कमा किन्डरगार्टेनमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि भर्ना आवेदन प्रकृया सुरु भएको छ । सन् २०१२ मा जन्मेका सबै विद्यार्थीहरुका लागि यो प्रकृया सुरु भएको हो ।

सन् २०१२ मा जन्मेका र न्युयोर्क सिटीमा बस्दै आएका सबै बालबालिकाहरु सन् २०१७ को सेप्टेम्बरमा किन्डरगार्टेनमा भर्ना हुन योग्य हुने न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ एजुकेशनले जनाएको छ । सबै योग्य बालबालिकाका नेपाली अभिभावकहरुलाई पनि समयमै आवेदन दर्ता गराउन न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ एजुकेशनले खसोखासमार्फत अनुरोध गरेको छ ।

अपांगता भएका र अहिले प्रि केमा अध्ययनरत विद्यार्थीहरु लगायत सबै परिवारले किन्डरगार्टेनमामा बालबालिकालाई भर्ना गराउनका लागि आगामी जनवरी १३ सम्म अनिवार्य आवेदन दिनुपर्ने डिपार्टमेन्ट अफ एजुकेशनले जनाएको छ ।

नजिकको फेमिली वेलकम सेन्टरका लागि यहाँ क्लिक गर्नुहोला ।

पहिले आउनेलाई पहिले सेवा गर्ने तरिकाले नभई जनवरी १३ सम्म आउने सबै आवेदनलाई एउटै तरिकाले प्रकृयामा लगिने स्पष्ट पारिएको छ ।

आवेदन दिन चाहनेहरुले तीन तरिकाबाट आवेदन दिनसक्नेछन् । अनलाइनबाट आवेदन दिन चाहनेहरुले लिंकमार्फत आवेदन दिन सक्नेछन् । अनलाइन आवेदन अंग्रेजी, स्पानिस, चाइनिज, रसियन, अरेबिक, कोरियन, हैटियन, बंगाली, उर्दु र फ्रेन्चमा उपलब्ध छ । तर नेपालीमात्र जान्ने अभिभावकहरुले भने ७१८ ९३५ २४०० मा फोन गरेर आवेदन दिन सक्नेछन् । यो फोनमा नेपाली लगायतका २ सय भाषाहरु उपलब्ध छन् । प्रत्यक्ष आवेदन दिन चाहनेहरुले नजिकको वेलकम सेन्टरमा गएर आवेदन दिन सक्नेछन् ।

नौवटा भाषामा किन्डरगार्टेन डाइरेक्टरी उपलब्ध छ । त्यसका अतिरिक्त अँग्रेजी र अन्य भाषामा अनुवाद गरिएका डाइरेक्टरीको हार्डकपी पनि आवश्यकता अनुशार उपलब्ध छ । तर हार्डकपीहरु भने वेलकम सेन्टरहरुबाटमात्र उपलब्ध हुनेछ । सबै एलिमेन्टरी स्कुलहरु र स्थानीय प्रि के कार्यक्रमहरु सबै सिटीका सबैकार्यक्रम अन्तरगतका प्रि के अन्तरगत हुन् । प्रिकेका लागि आवेदन भने आगामी जनवरीमा सुरु हुनेछ ।

‘किन्डरगार्टेन हाम्रा सबै विद्यार्थीहरुको कलेज र करिअरको मार्गका लागि एउटा सुरुवात हो । सबै परिवारहरुले जनवरी १३ को डेडलाइनभन्दा अगाडि नै आवेदन दिनुपर्नेछ । हामीले परिवारहरुलाई जसलाई जहाँ पायक पर्छ त्यही अनुवादित सामाग्रीहरुसहित भेटिरहेका छौं । र हामीले यो प्रकृयालाई अझ सहज बनाउनका लागि निरन्तर काम गर्नेछौं ।’-  न्युयोर्क सिटी स्कुल चान्सलर कार्मेन फरिनाले भनिन् ।

आवेदन प्रकृयाबारे थप जान्न चाहनेहरुले यहाँ क्लिक गर्न सक्नुहुनेछ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com