सङ्घीय संरचनामा प्रादेशिक सीमाको अन्तिम निर्क्यौलका लागि सरकारले सङ्घीय सीमा आयोग गठन गरेको छ । संविधानको धारा २९५ को व्यवस्था अनुसार प्रदेशको सीमाङ्कनबारे आयोगले सरकारलाई सुझाव दिनेछ । संविधान संशोधन दर्ताको निर्णयसँगै सरकारले आयोग गठनको पनि निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन सम्वन्धी निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कार्यादेशसहित आयोग गठन भएको जानकारी दिए । मन्त्रिपरिषद् बैठकपछि मन्त्री लेखकले भने, ‘सङ्घीय सीमा आयोग गठन भएको छ । आयोगले विगतमा भएका सहमति तथा सरोकारवालासँग समेत छलफल गरी सरकारलाई सीमाङ्कन सम्वन्धमा अन्तिम सुझाव दिनेछ ।’
मन्त्रिपरिषद्को निर्णय अनुसार आयोगलाई सीमाङ्कनसम्बन्धी सबै विषय अध्ययन गरी सुझाव साथ प्रतिवेदन पेश गर्ने, आयोगले अध्ययन गर्दा सरोकारवालासँग विगतका सम्झौताका आधारमा छलफल गर्ने, राज्य पुनर्संरचनाबारे यसअघिका प्रतिवेदनहरू अध्ययन गर्ने मुख्य तीन कार्यादेश तोकेको छ । आयोगले सीमाङ्कनसँग भएका यसअघिका राजनीतिक सम्झौताहरू समेत अध्ययन गर्नेछ ।
सीमाङ्कनको अन्तिम हेरफेरका लागि आयोग गठन गर्न माग भइरहे पनि गठन भएको थिएन । संविधान जारी भएको १४ महिनापछि आयोग गठन भएको हो । आयोग गठन भएपनि नेतृत्व चयन भएको छैन ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।