आफ्नै छोरीले गरिन् चक्कु प्रहार गरी बाबुको हत्या
प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार
जिल्लाको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले बाबुको हत्या गरेकी छन् ।
तुम्वेवा गाउँपालिका–३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले धारिलो चक्कु प्रहार गरी ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकको हत्या गरेकी हुन् ।
उनले शनिबार राति मादक पदार्थ सेवन गरी बाबुलाई चक्कु प्रहार गरेकी थिइन् । छोरीको छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुर उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
बाबुलाई छुरा प्रहार गर्ने उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






