सेप्टेम्बर ११ बाट नयाँ नियम : थप कागजातको अवशर विनै ग्रिनकार्ड अस्वीकार !


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

ग्रिनकार्ड लगायतका कैयन आवेदनमा अमेरिकी सरकारको युएससीआईएसले थप कागजात पेश गर्न आवेदकलाई मौका दिने गरेकोमा अब त्यस्तो मौका नदिइकनै आवेदनहरु अस्वीकार गर्न सक्ने भएको छ । आगामी सेप्टेम्बर ११ देखि लागु हुने नयाँ नियम अनुशार थप कागजातको अनुरोध (Request for Evidence RFE) वा अस्वीकार गर्ने आशयको सुचना (Notice of Intent to Deny NOID) विना नै युएससीआईएसले ग्रिनकार्ड लगायतका कुनै आवेदन, पिटिसन वा अनुरोध अस्वीकार गर्न सक्ने भएको छ ।

यस अगाडि युएससीआईएसमा परेका ग्रिनकार्डका आवेदन स्वीकृत नभएको खण्डमा आवेदकलाई थप कागजात पेश गर्ने मौका सहित रिक्वेष्ट फर इभिडेन्स वा नोटिस अफ इन्टेन्ड टु डिनाइ जारी गरिन्थ्यो । त्यसो हुँदा आवेदकले थप कागजात पेश गरेर आफ्नो आवेदन स्वीकृत गराउन सक्थे । तर अब युएससीआईएसका अधिकारीहरुले आफ्नो विवेकका आधारमा आवेदनहरु कुनै मौका नै नदिइकन सिधा अस्वीकार गर्न समेत पाउने भएका छन् ।

डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल डाकाका सन्दर्भमा भने यो नियम लागु नहुने जनाइएको छ । अदालती आदेशका कारण डाकाका सन्दर्भमा भने युएससीआईएसले अनिवार्य रुपमा रिक्वेष्ट फर इभिडेन्स वा नोटिस अफ इन्टेन्ड टु डिनाइ जारी गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नक्कली, ग्रिनकार्ड पाउने सम्भावना नै नभएका र हल्काफुल्का आवेदनका कारण अमेरिकी अध्यागमन प्रणाली बोझिलो हुँदा जायज आवेदनमा समेत ढिलाई भइरहेकाले अध्यागमन सुविधाका लागि दिइएका अपूर्ण र अयोग्य आवेदनहरु अधिकारीले सुरुमै अस्वीकृत गर्न सक्ने अधिकार दिइएको युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिस्नाले जनाएका छन् । कंकाल र महत्वहीन आवेदनहरु दिएर अध्यागमन प्रणालीको दुरुपयोग गर्ने क्रम बढेकाले यसलाई रोक्न नयाँ निर्देशिका जारी गरिएको उनको भनाई छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com