टेक्सासमा आइसको छापा, १६० कागजपत्रविहिन पक्राउ, काममा लगाउने माथि पनि कारवाही


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

उत्तरी टेक्सासमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा एकैठाउँबाट १६० कागजपत्रविहिन पक्राउ परेका छन् । विगत १० बर्षको अवधिमा नै एउटै कार्यस्थलमा आइसले यतिठूलो अपरेशन गरेको यो नै पहिलो पटक भएको जनाइएको छ ।

यसअगाडि आइसले ओहायोको कोर्सो फ्लावर एण्ड गार्डेन सेन्टरका दुई कार्यस्थलबाट ११४ जनालाई पक्राउ गरेको थियो । जुन पछिल्ला बर्षहरुको सबैभन्दा ठूलो छापा रहेको थियो । टेक्सासमा ट्रलीहरु ब्नाउने लोड ट्रेल कम्पनीमा छापा मारिएको हो ।

उक्त ट्रली कम्पनीमा पक्राउ परेका कागजपत्रविहिन आप्रवासीहरुलाई अमेरिकाबाट देशनिकालाको प्रकृयामा लगिने आइसले जनाएको छ । उनीहरुले काम पाउनका लागि नक्कली परिचयपत्रहरुको प्रयोग गरेको आइसको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत अप्रिलमा यस्तै खालको आइसको छापा टेनेसीमा पनि गरिएको थियो । उक्त छापामा दर्जनौलाई नियन्त्रणमा लिइएको थियो भने झण्डै ५ सय विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भएका थिए । उक्त छापा मासु प्याक गर्ने एउटा कम्पनीमा गरिएको थियो ।

ट्रम्प कार्यकालमा कार्यस्थलमा आइसको छापालाई तीब्र पारिएको छ । यस्ता छापाहरु कामदारप्रतिमात्र लक्ष्यित रहेका छैनन्, कागजपत्रविहिनलाई काममा लगाउने रोजगारदाताहरुप्रति पनि लक्ष्यित रहेका छन् ।

सन् २०१४ मा पनि उक्त ट्रली कम्पनीले कागजपत्रविहिनहरुलाई काममा लगाएको पाइएपछि ५ लाख डलर जरिवाना तिरेको थियो । त्यतीबेला १७९ जना कागजपत्रविहिनहरुलाई काममा लगाएको पाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com