म्यानमारका राष्ट्रपतिको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटना (भिडियो)


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ ।

स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।

सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भइर दुर्घटना भएको वृत्तका डिएसपी देवेन्द्रबहादुर पालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घाइते प्रहरीको अवस्था सामान्य छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com