पृथ्वीको बीच भागमा १५७ औं पटक रक्तदान गर्दा


प्रकाशित मिति : मंसिर ११, २०७३ शनिबार

– अर्जुन मैनाली

विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन ।

मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा अगष्ट २०,२०१६ मा रक्तदान गरेको थिएँ । औलो प्रभावित देश गएकाले अमेरिकामा एक वर्षसम्म रगत दिन पाइँदैन । त्यसैले मैले पृथ्वीको बीच भागको एक्वाडोरका युवाहरूलाई रक्तदान गर्न हौसला प्रदान गर्न नोभेम्बर २२,२०१६ मा १५७ औं रक्तदान गरे ।

एक्वाडोर पुगेकै दिन नोभेम्बर २१,२०१६ मा राजधानी कुइटोको रक्तसंचार सेवामा गएँ । न्युयोर्कभन्दा कुइटो उच्च अल्टिच्युट स्थानमा रहेकाले मेरो ब्लड प्रेसर बढेर डाइसिश्टोलिक ११५ भएछ । रगत दिन १०० भन्दा कम हुनुपर्छ । न्युयोर्कदेखि एक्वाडोरका युवाहरूलाई रक्तदान गर्न उत्साहित गर्न आउनु र आफुले रक्तदान गर्न नपाउँदा धेरै खल्लो लाग्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

15192757_10208324768936599_3533027471777067433_n

सामान्यतया मेरो ब्लड प्रेसर हाइ नै छ । त्यसलाई नियन्त्रण गर्न हरेक दिन बेलुका ५० एम जी को मेटोप्रोलोल औषधि खाने गरेको छु । मन खिन्न पार्दै होटलमा बेलुकाको खाना खाइवरि करिब ९ बजेतिर सुत्न गएँ । रातको १२ बजिसक्यो निन्द्रा पर्दै परेन । त्यसपछि चिसो पानीले आधा घण्टा जति नुहाएपछि पुनः ओछ्यानमा गएँ । निदाउन आँखा बन्द गरे,तर सकिन । धेरै समयपछि बल्ल उज्यालो भयो । सात बजेतिर फेरी नुहाइवरि होटलको लवीमा बसें ।

अघिल्लो दिन रक्तसंचार सेवामा मलाई भाषाको समस्या परेको थियो । एक्वाडोरका मानिसहरूले स्प्यानिस भाषा बोल्छन । अंग्रेजी बुझ्दैनन् । त्यसैले एउटी दोभाषेलाइ २५ डलर तिरेर आधा दिनका लागि सहयोग लिई पुनः रक्तदान गर्न गएँ । त्यहा उपस्थित भएका युवा-युवतीहरूलाई आफ्नो रक्तदानबारे अनुभव सुनाउँदै मैले पनि १५७ औं पटक रक्तदान गरे ।

कार्यक्रमपश्चात करिब १ घण्टा टाढा पृथ्वीको मध्य भागमा रहेको एक्वाडोर लाइन र ल्याटिच्युट ०-०-० भएको स्थानमा गएँ । आफ्नो पाइला लाइनमा राखे । एक्वाडोरको मनुमेन्टमा एउटा तराजु रहेछ । त्यसमा मेरो तौल पृथ्वीको बिच भागमा १८३ पाउण्ड चन्द्रमामा २९३ र सूर्यमा ५१३९ पाउण्ड हुने देखायो ।

15178218_10208324731975675_4711378968992909913_n-1

मैले अब यो ब्रह्माण्डमा जाने ठाउँ र रक्तदान उत्प्रेरणा गराउन काहीं बाँकि रहेन। सबै ठाउँमा गरे पृथ्वीको पश्चिम उत्तरी भाग अलाश्का पूर्वी दक्षिणी भाग अष्ट्रेलिया मध्य भाग एक्वाडोरसहित छ वटै महादेशका दशौँ हजारमा रक्तदान गर्न हौसला प्रदान गरेँ । त्यति मात्र होइन आफ्नो शरीरको अमुल्य रक्तदान गरि ति ठाउँहरूका बिरामीहरूलाई बचाउन सहयोग पनि गरेँ । अर्को अर्थमा मेरो रगत र जिन संसार भरि फैलिएको जस्तो अनुभुती भयो ।

न्युयोर्क निवासी मैनाली चर्चित रक्तदाता हुन् । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com