भोलिदेखि तीनदिन निजी तथा भाडाका गाडी जोर बिजोर अंकका आधारमा चल्ने


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि काठमाडौं उपत्यकामा गाडी र मोटरसाइकल जोर बिजोर अंकका आधारमा मात्र चल्न पाउने भएका छन् ।

बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअनुसार भोलि र १५ बिजोर नम्बर भएका गाडी र पर्सि जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् ।

अन्तिमका २ अंकका आधारमा जोर र विजोर गणना हुनेछ । बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com