महेन्द्रनगर दिनभर तनावग्रस्त,अश्रुग्यास, गोली र कर्फ्यूसँगै प्रदर्शन


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

अघिल्ला दिनहरुमा जस्तै बिहीबार बिहानैदेखि स्थानीयबासिन्दा सडकमा जम्मा भए । उनीहरुले ‘एसपी तिम्रो पाराले, दुःख पाए साराले’ भनेर नारा लगाउँदै बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गरे ।

निर्मलाको बलात्कार र हत्या भएको तीन हप्तासम्म कुनै प्रमाण हात पार्न नसकेको बताउने प्रहरीले एकाएक सोमबार पत्रकार सम्मेलन गरी हत्या अभियोगमा मानसिक रुपमा अस्वस्थ दिलिप विष्टलाई सार्वजनिक गरेपछि प्रदर्शनले उग्र रुप लिएको हो ।

प्रहरीले वास्तविक हत्यारालाई जोगाउन निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै स्थानीयबासिन्दा तथा व्यवसायी नै आन्दोलनमा लागेपछि स्थिति तनावग्रस्त बन्दै गयो । स्थितिलाई नियन्त्रणमा लिने भन्दै प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।

प्रहरी प्रमुख डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेपछि ७ नम्बर प्रदेश प्रहरीले घटनाको छानबिनका लागि एसएसपी विक्रम चन्दलाई कञ्चनपुर खटायो । तर आक्रोशित स्थानीयबासिन्दाले बिहानैदेखि प्रदर्शनलाई झनै चर्काए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदर्शनकारीले राजमार्ग तथा चोक–चोकमा टायर बाल्दै प्रहरी प्रशासनविरुद्ध नारावाजी गरिरहे । गाउँगाउँबाट जम्मा भएर जिल्ला प्रशासन अगाडि प्रदर्शन गर्न पुगेका स्थानीयबासिन्दामाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्यो । प्रहरीको प्रतिकारमा उत्रिएका प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले गोली नै चलायो ।

गोली लागेर ३ जना घाइते भएका छन् भने प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा अरु ५ जना घाइते भएका छन् ।

गोली लागि घाइते हुनेमा कैलाली कैलारी गाउँपालिका ३ का सन्तोष कठरिया, भिमदत्त नगरपालिका २ का तेजराज भट्ट र महेन्द्रनगर बजारका अर्जुन भण्डारा छन् ।
घाइतेमध्ये अर्जुन भण्डारा र तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको महाकाली अञ्चनल अस्पतालले जनाएको छ । भण्डाराको अवस्था गम्भीर रहेको छ ।

अरु घाइतेहरुमध्ये कृतप्रसाद पनेरु, मनोज बुढा, सञ्जय खड्का, हर्कबहादुर पाल र महेशराज भट्टले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित भिडले जिल्ला ट्राफिक कार्यालय तथा प्रहरीको गाडीमा तोडफोड गरेको छ ।

प्रदर्शनकै क्रममा प्रहरीले गोली नै चलाएपछि महेन्द्रनगरको स्थिति दिनभर तनावग्रस्त भयो ।

सुरक्षा स्थिति बिग्रिँदैै गएपछि जिल्ला प्रसाशनमा बसेको सुरक्षा समितिको बैठकले बिहीबार बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यूआदेश जारी गरेको छ ।

तर, कर्फ्यू लगाइए पनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन् । कर्फ्यूपछि पनि प्रदर्शनले निरन्तरता पाएपछि भिडलाई तितरवितर पार्न प्रहरीले हवाइफायर तथा दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ ।

गएको साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो । उनको हत्यापछि स्थानीयबासिन्दाले बलात्कार र हत्यामा संलग्न दोषीलार्ई कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

स्थानीयबासिन्दाको अवरोधकाबीच प्रहरी प्रशासन र राजनीतिक दलले यथाशीघ्र अपराधीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि तीन दिनपछि निर्मलाको अन्त्येष्टि भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com