संवैधानिक परिषद्द्वारा सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

संवैधानिक परिषद्ले सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको परिषद्को बैठकले मिश्रको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको कानूनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभएको छ ।

दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अयोग्य ठहर गरेपछि वरिष्ठताका आधारमा मिश्रलाई सिफारिस गरिएको हो । संसदीय समितिले पहिलो पटक परिषदको सिफारिस अस्वीकार गरेपछि मिश्रको बाटो खुलेको हो । तर उनको पनि शैक्षिक योग्यताको प्रमाण पत्रमा विवाद देखिएको छ ।

भारतीय बोर्डबाट प्रवीणता प्रमाणपत्र तह पास गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट बिएल र दिल्ली विश्वविद्यालयबाट सन् १९८९ मा मास्टर इन कम्प्यारेटिभ लको प्रमाणपत्र प्राप्त गरेको देखिएको छ ।

उनले बिएल भर्ना हुने बेला पेश गरेको माइग्रेसन सर्टि्फिकेट न्याय परिषद सचिवालयमा नभेटिएको बताईन्छ । मिश्रले नेपाल ल क्याम्पसमा सन् १९८० मा डिप्लोमा इन ल (बीएल) पढ्ने बेला त्रिभुवन विश्वविद्यालयमा पेश गरेको कागजातबारे प्रश्न उठेपछि परिषद सदस्यहरुले माइग्रेसन प्रमाणपत्र पनि मगाएर छानबिन गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिश्रले दीपकराज जोशीसँगै रहेर गरेको हाँडीगाउँको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने फैसला र एनसेलले कर तिर्न नपर्ने फैसला विवादमा परेका थिए । अब मिश्रले संसदीय सुनुवाई समितिको सामना गुर्नपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com