गैरकानुनी रुपमा सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने नेपाली एकबर्षमा ६४८ (एक्सक्लुसिभ)


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

एकबर्षको अवधिमामात्र गैरकानुनी रुपमा अमेरिकाको दक्षिण पश्चिमी र उत्तरी सिमाबाट अमेरिका छिर्न खोज्ने ६४८ जना नेपालीलाई कस्टम एण्ड बोर्डर प्रोटेक्सनले नियन्त्रणमा लिएको छ । सीबीपीका अनुशार उनीहरु गत आर्थिक बर्ष २०१७ मा सिमाक्षेत्रमा समातिएकाहरु हुन् ।

यसरी समातिने नेपालीहरु दक्षिण पश्चिमी सिमानामा ६४७ जना र उत्तरी सिमानामा १ जना रहेका छन् । दक्षिण पश्चिमी सिमानाबाट समातिनेहरु अधिकांश दलाललाई ५० लाख रुपैयासम्म बुझाएर मेक्सिकोको बाटोहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्नेहरु हुन् ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

आर्थिक सन् २०१७ मा यसरी गैरकानुनी रुपमा छिर्न खोज्दा समातिने नेपालीहरुले अहिलेसम्मकै सबैभन्दा बढी हुन् । सन् २०१६ मा यसरी समातिने नेपालीहरु ५५१ जना रहेका थिए । त्यस्तै सन् २०१५ मा यो संख्या ४०९ रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१७ मा पक्राउ पर्ने अधिकांश नेपालीहरु सान डिएगो क्षेत्रबाट प्रवेश गर्न खोज्दा पक्राउ पर्नेहरु छन् । सान डिएगो क्षेत्रबाट प्रवेश गर्न खोज्दा पक्राउ पर्नेहरु ६१९ जना, रियो ग्रान्दे उपत्यकाबाट प्रवेश गर्न खोज्दा पक्राउ पर्नेहरु १० जना, एल सेन्ट्रोबाट प्रवेश गर्न खोज्दा पक्राउ पर्नेहरु १२ जना र टक्सन क्षेत्रबाट प्रवेश गर्न खोज्दा पक्राउ पर्ने नेपालीहरु ४ जना रहेका छन् ।

यो तथ्यांकमा डिपोेर्टेबल एलिएनको मात्र संख्या समावेश गरिएको सीबीपीले जनाएको छ । उनीहरु सबैजना सिमा सुरक्षा गस्तीबाट समातिएका हुन् । अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्दा सिमा सुरक्षा गस्तीबाट नसमातिएको नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com