अमेरिकी चुनाव : पुन मतगणना गर्न हिलारीलाई सल्लाह


प्रकाशित मिति : मंसिर १०, २०७३ शुक्रबार

निर्वाचनसम्बन्धी कानुनविद र तथ्याङ्क विज्ञहरुको एक समूहले अमेरिकामा यसै महिनामा भएको राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का व्यक्त गरेका छन् । यसकै कारण यो समूहले हिलारी क्लिन्टनलाई तीनवटा राज्यमा खसेको भोटको पुन:गणना गर्ने सल्लाह उनीहरुले दिएका छन् ।

साइबर ह्याकिङबाट भोटमा तलमाथि गरिएको दाबी गरिएका राज्यहरुमा विस्कन्सिन, मिसिगन र पेन्सिलभेनिया रहेका छन‍् । समाचार अनुसार साइबर ह्याकिङको मद्दतबाट जम्मा मतमा तलमाथि गर्न सकिन्छ ।

राष्ट्रपतिय चुनावमा डेमोक्रेट उम्मेदवार हिलारीलाई २२८ र रिपब्लिकनका डोनाल्ड ट्रम्पलाई २७९ इलेक्टोरल मत मिलेको थियो । बहुमतका लागि ५३८ मा २७० इलेक्टोरल कलेजको खाँचो हुन्छ ।

यसै हिसाबले ट्रम्पलाई बिजेता घोषित गरिएको थियो । समाचार एजेन्सीका अनुसार अहिलेसम्म चुनावी नतिजालाई ह्याक गरिएको कुनै पनि प्रमाण भेटिएको छैन । अर्कातिर विद्युतीय भोटिङ मेसिनलाई तोडफोड गरिएको रेकर्ड पनि भेटिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समाचार अनुसार विज्ञहरुले दिएको यस सल्लाहबारेमा अहिलेसम्म हिलारी क्लिन्टनको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । हिलारी तथा उनको अभियानको जिम्मा लिएकाहरुले यसबारेमा केही भनेका छैनन् । उनीहरुले मत पुन:गणनाका लागि निवेदन दिनेबारेमा हिलारीको टीमले कुनै योजना बनाएको छैन ।

राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले विस्कोन्सिन र पेन्सिलभेनियामा थोरै मात्रै मतले जित निकालेका थिए । ट्रम्पले मिसिगनमा पनि थोरै मतल जितेका थिए । तर रोचक कुरा के छ भने यी तीनवटै राज्यहरुमा डेमोक्रेटिक पार्टीलाई धेरै विश्वास थियो । पछिल्लो चुनावमा पनि यहाँ डेमेक्रेटले नै जितेको थियो ।

जुन विज्ञहरुको समूहले हिलारीलाई यो सलाह दिएको थियो, उसलाई मतदाता अधिकारसम्बन्धी अधिवक्ता जोन बोनिफज र मिसिगन विश्वविद्यालयका कम्प्यूटर सुरक्षा तथा सामाजिक केन्द्रका निर्देशक जे एलेक्स हल्दरम्यानले नेतृत्व गर्छन् । उनीहरुले हिलारीसँग यसै हप्ता सम्पर्क गरेर यो सल्लाह दिएका थिए । यसबारेमा सबैभन्दा पहिलो रिपोर्ट न्यू योर्क म्याजिनले छापेको थियो ।

तर पनि हल्दरम्यानले बुधवार सञ्चारमाध्यमसँग कुरा गर्दै आफूसँग साइबर आक्रमण या मतदानमा भएको अनियमितताको कुनै सुबत नभएको बताएका छन् । हल्दरम्यानले पुन:मतगणनाको आदेश केबल धाँधली गरेको आश‌ंकमा दिन सकिन्छ । कारोबारमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com