संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन


प्रकाशित मिति : भाद्र २, २०७५ शनिबार

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ ।

अस्वस्थ रहेका अन्नानको ८० वर्षको उमेरमा आज स्वीटजरल्यान्डमा निधन भएको हो । अन्नान संयुक्त राष्ट्र संघको महासचिव बन्ने पहिलो अश्वेत व्यक्ति थिए । उनले संयुक्त राष्ट्र संघका महासचिवका रुपमा १९९७ देखि २००६ सम्म दुई कार्यकाल काम गरेका थिए । २००१ को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ र कोफी अन्नानलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

अन्नान मार्च २००१ मा नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा अन्नानले स्वर्गीय राजा वीरेन्द्रसँग भेटवार्ता गरेका थिए । नेपालको १० वर्ष द्वन्द्व र उनको राष्ट्रसंघको कार्यकाल लगभग एकै समय परेको थियो ।

अन्नानले शान्ति प्रक्रिया शुरु गर्नका लागि ‘ल्याक्डर ब्राहिमी’ लाई समेत नेपाल पठाएका थिए । अन्नानकै कार्यकालमा नेपालमा संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को कार्यालय स्थापना भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com