रानीपोखरी पुनर्निर्माणको काम महानगरपालिका आँफैले गर्ने


प्रकाशित मिति : भाद्र २, २०७५ शनिबार

रानीपोखरीको पुननिर्माण काठमाडौं महानगरपालिका आफैंले गर्ने भएको छ ।

धेरै आलोचना र बिवाद उत्पन्न भएपछि यसको पुनर्निर्माणको जिम्मा महानगरपालिकाले सेनालाइृ दिने भएको थियो । तर, पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली आए लगतै सेनालाई दिने तयारी रोकिएको हो । रानिपोखरी निर्माण जस्तो कामका लागि नेपाली सेनालाई प्रयोग गर्न नमिल्ने सीईओमा ज्ञवालीले बताएका छन् ।

उनले भने म आउने बित्तिकै मैले मेयर शाक्य ज्युसँग कुरा गरेको छु । उहाँले आफैं रानीपोखरी पुननिर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी पुननिर्माणको टेण्डर आहृवान, निर्माण लगायतको ठोस कार्यतालिका ल्याउन पनि निर्देशन दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com