Follow @khasokhasmag

कलंकीको ‘अन्डरपास’ बाट गुड्न थाले गाडी (भिडियो सहित)


प्रकाशित मिति : भाद्र २, २०७५ शनिबार

लामो प्रतिक्षापछि कलंकीमा निर्माण भएको  ‘अन्डरपास’ सञ्चालनमा  आएको छ । शुक्रबारबाट आंशिक रुपमा ‘अन्डरपास’ बाट गाडी गुड्न थालेका हुन् ।

काठमाडौं चक्रपथ सुधार  आयोजनाका इन्जिनियर प्रकाशचन्द्र भण्डारीले ‘पार्सियल्ली’ रुपमा अन्डरपास सञ्चालनमा आएको जानकारी दिए ।  ‘पार्सियली सञ्चालनमा आयो, अहिले ट्रायल हो,’ उनले भने, ‘ केही काम अझै बाँकी छ, पूरै काम सकेर औपचारिक रुपमा सञ्चालन हुन्छ ।’

पूर्णरुपमा सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने उनले बताए । उनका अनुसार अब चक्रपथ र कंलकीबाट बायाँ गुड्ने सवारी साधानले जाममा बस्नुपर्ने छैन।
अन्डरपास सञ्चालन भए पनि केही समय दायाँ गुड्ने सवारी साधानले जाममा बस्नु पर्ने उनको भनाइ छ ।  ‘अब चक्रपथमा कोही रोकिनुपर्दैन, देब्रे घुम्नेमा पनि जाम हुँदैन,’ उनले भने, ‘मात्र दाहिने घुम्ने गाडीले थोरै समय रोकिनु पर्छ ।’

भिडियो

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com