अब केएल टावरमा पनि फ्लाइटेक


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

फ्लाइटेक इन्टरनेशलले राजधानीको चुच्चेपाटीस्थित केएल टावरमा शाखा विस्तार गरेको छ । एयर होस्टेस बन्नका चाहनेहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको शाखा बुधबार अभिनेता राजेश हमालले केक काटेर उद्घाटन गरेका हुन ।

केएल टावरको पाँचौ तलामा फ्लाइटेकको शाखा उद्घाटन गर्दै अभिनेता हमालले एयर होस्टेस प्रशिक्षण दिने उत्कृष्ट इस्न्टिच्युट बनेकामा फ्लाइटेकलाई बधाई दिए । साथै, अभिनेता हमालले फ्लाइटेकका एयर होस्टेजका विद्यार्थीसँग फोटोसुट समेत गर्न भ्याए ।

सन् २००६ मा राजधानीको न्युप्लाजाबाट नाजिर हुसैनले फ्लाइटेक सुरु गरेका हुन् । स्थापनाकाल यता फ्लाइटेकले दर्जनौ डमेस्टिक तथा अन्तर्राष्ट्रिय एयरलायन्सका लागि लक्ष एयर होस्टेस उत्पादन गरिसकेका छन् । करिब १२ वर्ष शाखा विस्तार गर्दै फ्लाइटेकका निर्देशक नाजिरले भने, ‘यो सबै मेरा विद्यार्थी र शुभचिन्तकहरुको देन हो ।’ उनले अझ स्तरियतालाई ध्यान दिँदै शाखा विस्तार गरेको बताए । उनले भने, ‘शाखामात्र विस्तार गरिएको होइन, अध्यापनको गुणास्तर पनि बढाइएको छ ।’

१२ वर्षको अन्तरालमा देशकै उत्कृष्ट एयर होस्टेज स्कुलका रुपमा फ्लाइटेक स्थापित भएको छ । आगामी दिनमा फ्लाइटेकले एयर होस्टेससम्बन्धी अत्याधुनिक प्रशिक्षण मात्र नभएर हवाई सेवासम्बन्धी सबै प्रकार तालिमहरु पनि दिइने नाजिरले बताए । फ्लाइटेकलाई अत्याधुनिक र सुविधा सम्पन्न गर्नका लागि एयर होस्टेस प्रशिक्षार्थीका लागि २६ सिटको एयरक्राफ्ट नमुना समेत बनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com