देशको विकास गर्न विदेशिएका सबै युवा स्वदेश फर्कनुस् : मन्त्री पोखरेल
प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार
Minister for Education Giriraj Mani Pokhrel speaking at a programme in Itahari of Sunsari district on Sunday, January 17, 2016. Photo: RSS
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सीप सिक्न जहाँ गए पनि देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्ने बताएका छन् ।
शिक्षालय मासिक पत्रिकाले आज काठमाडौंमाआयोजनामा गरेको ‘राष्ट्रिय शिक्षा अवार्ड–२०७५’ वितरण समारोहमा उनले भने, “शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्छ ।”
मन्त्री पोखरेलले गुणस्तरीय शिक्षाका लागि कुनैं सम्झौता नहुने बताउँदै सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षालाई पुनर्गठन गर्न जरुरी रहेको धारणा राखे।
शिक्षामा भएका खाडलहरु नपुरे नेपाल समृद्ध मुलुक बन्न नसक्ने बताउँदै उनेले माध्यमिक तहसम्मको शिक्षालाई प्रविधि र सीपयुक्त बनाउन आफू लागिरहेको धारणा व्यक्त गरे ।
सो अवसरमा उनले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत पत्रकार विनोद घिमिरे र रोशन क्षेत्रीलाई नगद रु १० हजारसहित राष्ट्रिय शिक्षा अवार्ड–२०७५ बाट सम्मान गरे।






