२ सय ८५ रोपनी जमीनमा लगाइएकाे गाँजा फडानी


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

लागूऔषध बनाउनका लागि जिल्लाका विभिन्न ठाउँमा एक हजार २८५ रोपनी जमीनमा लगाइएका गाँजाको बोट फडानी गरिएको गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९ गतेसम्म ताराखोला, निसीखोला र बडीगाड गाउँपालिकाभित्र लाइएका गाँजाको बेट फडानी गरिएको हो ।

ताराखोला गाउँपालिकाका पाँचै वडामा गरी २८५ रोपनी,मा निसीखोला गाउँपालिका–६ को ६५० रोपनी, बडीगाड गाउँपालिका–८ को ३८५ रोपनी जमीनमा लागाइएको गाँजा इलाका प्रहरी कार्यालय ताराखोला, भिमगिठे र बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले फडानी गरी जलाएर नष्ट गरेको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । फडानीका क्रममा यसअघि गाँजा लगाइने ठाउँमा अन्नबाली लगाएको पाइएको उहाँको भनाइ थियो ।

प्रहरीका अनुसार वर्षेनी फडानी गर्दा र सचेत गराउँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यले ठूलो मात्रामा भाँगो खेती गर्न छोडेका छैनन् । जिल्लाको पश्चिम क्षेत्रमा अवैधरूपले गाँजाको उत्पादन, बेचबिखन र ओसारपसार बढी हुने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com