२८ बैंकको कमाई ५३ अर्ब


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहम कडाई गरे पनि नाफामा त्यसको असर देखिएन ।

अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुको नाफा साढे १८ प्रतिशत बढ्नुले यो पुष्छि हुन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कुल ५३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक बर्षको अन्त्यमा ती बैंकहरुको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com