अमेरिकामा बन्द गरिसकिएका हजारौं देशनिकालाका मुद्दा पुन खोलिदै, ८ हजार मुद्दा पुन ब्यूताइयो


प्रकाशित मिति : श्रावण ३१, २०७५ बिहीबार

पहिले नै अध्यागमन न्यायाधिसहरुले बन्द गरिसकेका हजारौं देशनिकालाका मुद्दा पुन खोल्न ट्रम्प प्रशासनले अध्यागमन न्यायाधिसहरुलाई निर्देशनात्मक अनुरोध दिएपछि आप्रवासीहरुमा त्रास फैलिएको छ । प्रशासनिक रुपमा बन्द गरिएका देशनिकालाका मुद्दा खोल्न थालिएपछि झण्डै ३ लाख ५५ हजार आप्रवासीहरुमा त्रास फैलिएको हो ।

आर्थिक बर्ष २०१८ को १० महिनामा मात्र प्रशासनिक रुपमा बन्द गरिएका झण्डै ८ हजार मुद्दाहरु पुन ब्यूताइएको छ । सरकारी अनुरोधपछि प्रशासनिक रुपमा बन्द गरिएका देशनिकालाका सबै मुद्दाहरु पून खोल्न न्यायाधिसहरुले सामान्यता अनुमति दिने गरेका छन् ।

झण्डै एकमहिना अगाडि अमेरिकी महान्याधिवक्ता जेफ सेसनले अध्यागमन न्यायाधिसहरुलाई देशनिकालाका मुद्दाहरु अनिश्चितकालका लागि खारेज गर्नमा रोक लगाएका थिए । त्यसलगत्तै प्रशासनिक रुपमा बन्द गरिएका देशनिकालाका मुद्दाहरु यति धेरै संख्यामा खोलिएको रिपोर्ट सार्वजनिक भएको हो । जुन ओबामा कार्यकालको तुलनामा झण्डै दोब्बर रहेको छ ।

अध्यागमन न्यायाधिसहरुले विशेष विवेकाधिकार अर्थात् पीडीको प्रयोग गरेर अमेरिकामा लागि जोखिम नभएका व्यक्तिका देशनिकालाका मुद्दाहरु प्रशासनिक रुपमा बन्द गर्दै आएका थिए । जुन संख्या झण्डै ३ लाख ५५ हजार रहेको छ । खासगरी समुदायसँग राम्रो सम्बन्ध रहेका र कुनै आपराधिक रेकर्ड नभएका कागजपत्रविहिन आप्रवासीका देशनिकालाका मुद्दाहरु प्रशासनिक रुपमा बन्द गरिदै आएको थियो ।

प्रशासनिक रुपमा देशनिकालाका मुद्दा बन्द गरिएपछि ढुक्कसँग काम गर्दै आएका झण्डै ३ लाख ५५ हजार कागजपत्रविहिन आप्रवासीहरुमा अब देशनिकालाको डर बढेको छ । जसमा ठूलो संख्यामा नेपालीहरुसमेत रहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com