कागजपत्रविहिन आप्रवासी परिवारका पक्षमा काम गर्दै मार्क जुुकरबर्गको संस्था


प्रकाशित मिति : श्रावण ३१, २०७५ बिहीबार

फेसबुकका सीईओ मार्क जुकरबर्ग समेतले स्थापना गरेको गैरनाफामुलक संस्थाले अमेरिकी सरकारले सिमाक्षेत्रमा छुट्याएका आप्रवासी परिवारका पक्षमा काम गरिरहेको छ । एफडब्ल्युडी नामक संस्था मार्क जुकरबर्ग, बिल गेट्स र रेड होफम्यानले स्थापना गरेका हुन् ।

यो संस्थाले आप्रवासीहरुका हितमा अमेरिकाको अध्यागमन सुधारका पक्षमा गर्न सकिने कामका लागि पहल गरिरहेको छ । ट्रम्प प्रशासनले अमेरिकी सिमाक्षेत्रबाट अमेरिका आउन खोज्ने कागजपत्रविहिन आप्रवासीका झण्डै २५५१ बलबालिकाहरुलाई छुट्याएपछि यो संस्थाले गत जुलाईमा न्यु मेक्सिको, टेक्सास र एरिजोनामा छुट्याइएका परिवारलाई एकजुट बनाउन झण्डै २ साता काम गरेको थियो ।

मार्क जुकरबर्ग, बिल गेट्स लगायतका प्रविधि नेताहरुले यो संस्था सन् २०१३ मा स्थापना गरेका हुन् । गैरनाफामुलक यो संस्थाले दक्ष कामदारका लागि भिसा र बाल्यकालमा अमेरिका छिरेर डाका लिएका वा नलिएकाहरुलाई संरक्षण प्रदान गर्नेगरी सरकारी नियम परिवर्तनका लागि जोड दिदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com