टेक्सासमा आइसको छापा, ४५ कागजपत्रविहिन पक्राउ


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

टेक्सासको ह्युस्टन र आसपासमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा ४५ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमध्ये अधिकांश मध्ये र दक्षिण अमेरिकी देशहरुबाट आएकाहरु रहेको जनाइएको छ ।

पाँचदिनसम्मको आइसको छापामा उनीहरु पक्राउ परेका हुन् । आइसले आपराधिक रेकर्ड भएकाहरुलाई निशानामा पारिएको जनाएको छ । आइसको छापामा पक्राउ पर्नेहरु भारत, टर्की र नाइजेरियाका नागरिक समेत छन् ।

२६ जना ह्युस्टनको छापामा पक्राउ परेका हुन् भने बाँकी बे टाउन, क्लीयरलेक लगायतका क्षेत्रमा पक्राउ परेकाहरु हुन् । पक्राउ पर्नेहरुमध्ये ४२ जनाको आपराधिक रेकर्ड भएको आइसले जनाएको छ । १५ जना पहिले नै अमेरिकाबाट देशनिकाला भएर पुन गैरकानुनी रुपमा छिरेकाहरु रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com