पोल्याण्ड पठाउने भन्दै नेपालीलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ ,यसरी गर्थे ठगी


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

काठमाडौं । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन् । टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालिया पक्राउ परेका हुन् ।

उनीहरुलाई पोल्याण्डमा कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

उनीहरुको विषयमा श्रम मन्त्रालयमै सूचना आएपछि वैदेशिक रोजगार विभाग र महाशाखाले छापा मारेको थियो ।

उनीहरुको पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरि थप अनुसन्धान सुरु गरेको छ ।

यसरी ठगी गर्थे

पुतलीसडकस्थित शंकरदेव क्याम्पसअघि अफिस नै खोली उनीहरुले ठगि धन्दा चलाइरहेका थिए । पिपल फर वर्क नामको कम्पनी नै दर्ता गरि काम गरिरहेको पाइयो ।

उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए । त्यसरि सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिषा उपलब्ध गराउने भन्दै शुरुमै २ लाख माग्ने गरेका थिए ।

अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाख सम्म खर्च लाग्ने बताउने गरेको पिडितहरुले बताए । उनीहरुले कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सूचना प्रविधिमा काम गर्ने उद्देश्य राखेको भेटिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com