सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

युवराज पुरी
सिन्धुपाल्चोक : बलेफी खोला ए जलविद्युत आयोजना सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता भएको छ । बुधबार दिउँसो बा ४ ख ९५८० नम्बरको टिपर जुगल गाउँपालिका–२ गोल्फेमा पर्ने ब्रम्हायणी नदीमा खसेर बेपत्ता भएको हो ।

सुरुङको माटो लोड गरेर बाहिर फाल्ने क्रममा टिपर नदीमा खसेको हो । टिपरसँगै चालक जुगल गाउँपालिका–३ का ३५ वर्षीय चाङ लामा बेपत्ता भएको आयोजनाका कर्मचारी चेतनाथ नेपालले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com