माइक्रोबाट लडेर चित्रबहादुर केसी घाइते


प्रकाशित मिति : मंसिर ८, २०७३ बुधबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी दिउँसो ३ बजेतिर मैतिदेवीको डेराबाट कपनमा रहेको पार्टी कार्यालय जाने क्रममा माइक्रोबाट झरेर घाइते भएको उनका भतिजा हिरा केसीले जानकारी दिए ।

माइक्रोको ढोका सँगैको सिटमा बसेका केसी कपनस्थित पार्टी कार्यालय जानेक्रममा तल खसेका थिए । ‘डेराबाट पार्टी कार्यालय जाने क्रममा उहाँ चावहिल नजिक पुगेपछि माइक्रोको ढोकाबाट खस्नु भएछ,’ केसीले भने, ‘उहाँ बेहोस भएकै बेला स्थानीयले उद्धार गरेर अस्पतालसम्म ल्याउनु भएछ ।’ केसीको टाउको र ढाडमा चोट लागेको छ ।

त्यसक्रममा टाउको र ढाडमा चोट लागेका केसीलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको छ । केसी पूर्वउपप्रधानमन्त्री समेत हुन् । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा उनी सहभागी भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com