Follow @khasokhasmag

अविरल वर्षापछि काठमाडौंमा डुबान


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

काठमाडौं ३० साउन। काठमाडौंमा अविरल वर्षापछि धोविखोलामा आएको बाढीले खोला नजिक रहेका बस्ती डुबाएको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको बाढीले बुधबार बिहान १ बजेदेखि नै बस्ती डुबाएको स्थानीयले बताए ।

धोविखाला किनारामा रहेका बस्तीहरुको पानी पसेपछि घरको तल्लो तलामा रहनेहरुको सबै सामान भिजेको छ भने सवारी साधन डुबाएको छ । पसलका सामानहरुमा भिजेका छन् । विहान उज्यालो भएसँगै घर कोठामा पसेको पानी फ्याल्न थालिएको छ । बुद्धनगर, अनामनगर, बिजुली बजार, रातोपुललगायतका धोविखोलामा किनारामा रहेको बस्तीमा पानी पसेको हो । क्षतिको विवरण भने संकलन भइसकेको छैन । रातभर पानी परिरहँदा बस्तीमा बाढी पसेपछि मानिसहरु आत्तिएका थिए ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com