दाङमा भेटिए भुत्लै भुत्ला भएका बालक , बोक्सोको आरोप लाग्दा धुरुक्कै रोए बालक


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

दाङमा शरीरैभरि भैसीको रौँ जस्तो भुत्लै भुत्लाले आधा आँङ ढाकिएका ८ बर्षिया बालक भेटिएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ बेलुवा गाँऊमा पिता दिलबहादुर रावत र आमा शिला रावतको कान्छो छोराको रुपमा २०६७ सालमा जन्मिएका दिवस रावतको शरीरै भरी जन्मजात यस्तो कालो दाग र शरीरैभरि भुत्लैभुत्ला पलाएको आमा शिला रावतले जानकारी दिनुभयो ।

“वावुको यस्तै रुपका कारण मान्छेहरू तर्कने, समुहमा नलगाउने, साथिहरु बाट अलग्गिने अवस्था आयो” आमा सिला रावतले भन्नु भयो । अझ त्यो भन्दा पनि एक दिन स्कुलमा साथिले बाटोमा हिँड्दा बोक्सो भनेछ आमाले अश्रुमिश्रित स्वरमा भन्नु भयो बाबु धेरै रोयो त्यो दिन ।

 यसो भन्दा छेउमै बसेका दिवस रावतको आँखा पनि टिल पिलायो । विद्यालयमा पनि मेडमहरूले के हो यस्तो के भएको भनेर भन्नुहुन्छ दिवसको दिदी ले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय मनकामना बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत दिवस रावत का पिता आर्थिक जोहो गर्न भारतमा रोजगारीका लागी गएका छन् । “सुरुमा जन्मदा यस्तो रुपमा छोरो जन्मदा अत्यन्तै पीर लागेको थियो पछि हट्छ उपचार गराउनु पर्छ भनी सल्लाह पनि धेरैले दिए तर अहिले आएर यस्तो भयो” भावुक मुद्रामा आमा शिला रावतले भन्नुभयो । आर्थिक अभावकै कारण बाबुको उपचारको लागि कहीं कतै पनि लान सकिएको छैन । आमा शिला रावतले भन्नु भयो ।

दिवसको घाँटी देखि कम्मर सम्मको भागमा पुरै कालो दाग, दागमा रौँहरु र अहिले आएर खटिराहरू आएका छन् ।“पहिला पहिला केही मान्दैन थियो तर अब उमेर पनि बढ्दै छ पीर मान्न थालेको छ भोलि विवाह वारीको कुरा होला यसको भविष्य सोचेर विरक्त लाग्छ ” हजुरआमा देवकुमारी रावतले भन्नु भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com