केरुङ-काठमाडौँ रेलमार्गको प्रतिवेदनबारे अन्तिम छलफल अर्को हप्ता


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

चीनसँग जोड्ने केरुङ काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे अन्तिम रुप दिन आउदो हप्ता बैठक बस्ने भएको छ।

नेपाल र चीनका सरकारी प्रतिनिधिहरु बिच हुने प्रतिवेदनलाई अन्तिम रुप दिन छलफल हुन लागेको हो।

चिनियाँ कम्पनीले तयार पारेको उक्त प्रतिवेदनमा भौगोलिक कठिनाई भएपनि रेलमार्ग निर्माण सम्भव रहेको उल्लेख छ। उच्चस्तरको प्रविधि प्रयोग गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनलाई अन्तिम रुप दिए लगतै निर्माण कार्यका लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अघि बढाइने छ। चिनियाँ रेलवे विभागको उच्चस्तरीय टोलीले गरेको प्रारम्भिक अनुमानमा केरुङ काठमाडौँ रेलमार्ग निर्माणका लागि २ सय ८० अर्ब लाग्ने अनुमान गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com