प्रदेश २ का राज्यमन्त्रीद्वारा आत्मसमर्पण


प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार

सशत्र प्रहरीका असर्इ थमन विककाे हत्या अाराेप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अात्मसर्पण गरेका छन् । साेमबार उनले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका हुन् ।

असर्इ हत्या मुद्दामा अदालतले राज्यमन्त्री शर्मालार्इ दाेषी ठहर गरेपछि उनी केही समयदेखि ‘फरार अभियुक्त’काे सूचीमा थिए । तर सोमबार उनी अाफै अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्। शर्माले आफ्ना कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै आत्मसर्मण गरेकाे बताइएकाे छ ।

सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत घाइते असई थमन विकको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरुले हत्या गरेका थिए । उनलार्इ उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर २०७२ भदौ २५ मा हत्या भएकाे थियाे ।

साे घटनामा शर्माकाे पनि प्रत्यक्ष संलग्नता देखिएकाे भन्दै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत महाेत्तरीले दोषी ठहर गरेकाे थियाे । उच्च अदालत जनकपुरमा मुद्दा विचाराधीन रहेकै बेला उनी २ नम्बर प्रदेशकाे राज्यमन्त्री बने । राज्यमन्त्रीकाे सपथ खाएलगत्तै उच्च अदालतले उनलाई अदालतमा उपस्थित हुन अादेश जारी गरेकाे थियाे तर उनी भने फरार थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com