तीन दिन बन्धक बनाएर बालिका बलात्कार


प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार

वर्षीया बालिकालाई तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ ।

२६ साउनमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बमले पीडितलाई १८ देखि २० साउनसम्म सोहीगाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको पीडितले प्रहरीलाई बयान दिएकी छन् । आजको राजधानी दैनिकमा खबर छ ।

पीडितका बाबुले इन्सेक कालिकोटको सहयोगमा २५ साउनमा जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको र सोही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण २५ साउनमा जिल्ला अस्पताल कालिकोटमा गरिएको थियो । बमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com