आफ्नै ठाउँका डाक्टर बनाउन नगरपालिकाले ३ जनालाई छात्रवृत्तिमा एमबीबीएस पढाउने


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकाले नगरमा दक्ष जनशक्ति उपलब्ध हुन नसकेकाले चालू आर्थिक वर्षबाट तीन जनालाई छात्रवृत्ति दिएर अध्यापन गराउने भएको छ ।

आठबीस नगर प्रमुख खड्गराज उपाध्यायका अनुसार नगरपालिकाले एमबीबीएस अध्ययन गर्न चाहनेलाई कुल लागत खर्चको ७५ प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको छ ।

‘हामीले नगरमा रहेको स्वास्थ्य समस्या समाधान गर्न आफ्नै जनशक्ति हुनपर्ने आवश्यकता ठान्यौं,’ उनले लोकान्तरसँग कुरा गर्दै भने, ‘नगरवासीलाई स्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सहज होस् भन्ने ध्येयका साथ आईएस्सी उत्तीर्ण गरी सबैभन्दा बढी नम्बर ल्याएका छात्र वा छात्रालाई यो छात्रवृत्ति दिने निर्णय गरेका हौं ।’

नगरप्रमुख उपाध्यायका अनुसार नगरले यही वर्षबाट एसईईमा सर्वोत्कृष्ट नम्बर ल्याई उत्तीर्ण भएका थप दुईजनालाई स्टाफ नर्स र एचए अध्यापन गराउने निर्णय पारित गरिएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीसँग स्वास्थ्य क्षेत्रमा जनशक्तिको अत्यन्तै अभाव छ,’ उनले भने, ‘त्यो अभावलाई टार्नका लागि हामीले नगरसभामै यो निर्णय पेश गरेका हौं ।’

नगरप्रमुख उपाध्यायले छात्रवृत्तिमा अध्ययन गरेर आएका जनशक्तिले कम्तिमा पनि तीनवर्ष नगर क्षेत्रमा अनिवार्य सेवा दिनुपर्ने बताए ।

‘जनशक्ति आइसकेपछि हामीले उनीहरूलाई तीनवर्ष सेवा अनिवार्य रूपमा नगरमा गर्नै पर्ने कबलियतनामा गराउनेछौं,’ उनले भने, ‘त्यसो गर्दा उनीहरुलाई अन्यत्र जाने मौका मिल्ने छैन र यस क्षेत्रका जनताले स्तरीय सवास्थ्य सेवा पाउनेछन् ।’

आठबीस नगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले स्वास्थ्य क्षेत्रलाई संवेदनशील रूपमा लिएको बताउँदै अबको केही दिनमा छात्रवृत्तिसम्बन्धी सूचना जारी गरिने बताए ।

‘एचए र स्टाफ नर्समा छात्रवृत्तिका लागि हामीले केही दिनमा नै सूचना सार्वजनिक गर्नेछौं,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘एमबीबीएसका हकमा भने केही समय लाग्न सक्छ ।’

यसरी नगरपालिकाले ३ जनालाई छात्रवृत्ति दिने भनी गरेको निर्णयप्रति स्थानीय विद्यार्थीहरू हर्षित भएका छन् ।

आठबीस नगरपालिका वडा नं. ४ का विद्यार्थी नमराज सिजापतीले यो निर्णय स्वागतयोग्य भएको बताए ।

त्यस्तै आठबीस नपा ६ का विद्यार्थी तेजबहादुर थापाले स्थानीय रूपमै जनशक्ति बनाउने नगरको योजना अत्यन्तै महत्त्वपूर्ण भएको बताउँदै पद र पहुँचभन्दा क्षमतावान विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गर्न नगरलाई आग्रह गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com