अस्पतालले गर्यो बच्चीलाई मृत घोषणा: अन्तिम संस्कारका बेला बने सबै चकित


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

डायरिया र इन्फेक्सनका कारण ७ महिने बच्चीले उपचारका क्रममा ज्यान गुमाइन्। अस्पतालले पनि उनलाई मृत घोषणा गर्यो। अस्पतालको घोषणापछि परिवारले अन्तिम संस्कारको तयारी थाले। तर अचानक सामने आयो नयाँ ट्वीस्ट।

यो घटना होडुरसको सान पेड्रो भन्ने स्थानको हो। त्यहाँका एक परिवारमा यस्तो घटना भयो, जुन धेरैलाई विश्वास नलाग्न सक्छ। एक महिलाले आफ्नी ७ महिले बच्चीलाई डायरिया र इन्फेक्सनको समस्या लिएर हस्पताल पुर्याइन्। अस्पतालले उनको ३ दिनसम्म भर्ना गरेर उपचार गर्यो। उपचारकै क्रममा ती बच्चीले सास फेर्न छोडिन्। अस्पतालले उनलाई मृत घोषणा गर्यो। साथै अस्पतालले बच्चीको नाममा डेथ सर्टिफिकेट समेत जारी गर्यो।

बच्चीलाई अस्पतालले मृत घोषणा गरेपछि परिवारले अन्तिम संस्कारको तयारी सुरु गरे। अन्तिम संस्कारका लागि बच्चीलाई लिएर चर्चमा पुगे। त्यसैबेला आमाको नजर बच्चीमा पर्यो। त्यसपछि उनले बच्चाले सास फेरिरहेको देखिन।  त्यसपछि उनले सबै आफ्न्तलाई यो कुरा सुनाइन । बच्चीलाई देखेपछि सबैजना अचिम्मत भए।

त्यसपछि उनीहरुले बच्चीलाई तुरुन्त एक नीजि अस्पतालमा पुर्याए। त्यसपछि उनलाई तुरुन्त आइसीयूमा लगियो। अहिले बच्चीको उपचार भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com