विराटनगर महानगरपालिकामा मेयरको कार्यकक्ष अगाडि बम विष्फोट


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

मोरङ – विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष अगाडि बम विष्फोट भएको छ ।

मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बम विष्फोटबाट मेयरको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ ।

विष्फोटपछि प्रहरीले महानगरपालिकालाई घेरा हालेको छ । विष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बम कसले किन विष्फोट गराएको हो भन्ने खुलेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com