नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक भिएस नइपालको निधन


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

नोबेल साहित्य पुरस्कार विजेता तथा प्रसिद्ध लेखक भि एस नइपालको निधन भएको छ।

बिबिसीले परिवारलाई उद्धृत गर्दै दिएको समाचारमा ८५ वर्षे नइपालको लन्डनस्थित घरमा शनिबार निधन भएको उल्खेल छ।

नइपालको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएको थियो। त्रिनिडाड हुर्के बढेका भारतीय मुलका नइपालले अक्सफोर्डमा पढेका थिए।तीसभन्दा बढी पुस्तक लेखेका नइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए हाउस फर मिस्टर विश्वास’ चर्चित छन्।

सन् १९७१ मा बुकर पुरस्कार प्राप्त गरेका नइपालले सन् २००१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए।सन् १९५० मा छात्रवृत्ति जितेर अध्ययनका लागि बेलायत गएका नइपाल विद्यार्थी हुँदा डिप्रेसनमा परेका थिए। त्यतिबेला उनले आत्महत्या गर्ने कोसिस समेत गरेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com